
पोखरा: नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश र सुनचाँदी व्यवसायी संघ कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रममा १७६ युनिट रगत संकलन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको हो ।
प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका बिशिष्ट सदस्य मोहन कुमार वि कले कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा आफु व्यवसायीका हरेक समस्यामा निरन्तर लागिरहेको बताएका छन् । राज्यलाई अप्ठ्यारो परेको बेला व्यवसायीहरुको ठूलो योगदान छ। भुकम्पको बेला राज्यकोषमा रकम जम्मा गर्नुका साथै धेरै घर बाँसको ब्यवस्था गरियो “उनले भने”
यसै गरी कोविडको बेला गण्डकी प्रदेशले हेल्प डेक्स नै स्थापना र राहत कोषको व्यवस्था गरी काम गरेको स्मरण गर्दै आज रक्तदान कार्यक्रम गरेर आफुलाई अब्बल सावित गरेको बताउदै , रक्तदाताहरुलाई धन्यवाद दिएका थिए।
त्यसैगरी गण्डकी प्रदेश सांसद माननीय दिलमाया पौबि, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियाली, ब्यवसायी परामर्श समितिका संयोजक दुर्गा बहादुर सुनार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर केसी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तम बुद्धाचार्य, प्रदेश उध्योग वाणिज्य सङ्घका काशी गुरुङ रत्न आभुषण संघका अध्यक्ष भरत बिक,जनमूखि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपलाल सुनार, लगायतले शुभकामना मन्तब्य राखेका थिए।
गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतमले रक्तदान कार्यक्रमलाई साथ दिएर सफल बनाई दिएकोमा रक्तदाता प्रदेश समिति कास्कीका पुर्व अध्यक्षहरु सल्लाहाकार, कार्य समितिका पदाधिकारी सदस्य, प्रमुख अतिथि, अतिथि रक्त सञ्चार का प्राविधिक सबैलाई धन्यवाद दिएका थिए। संघका अध्यक्ष भविन्द्र बिश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको
संयोजन कास्कीका प्रवक्ता राज कुमार घिमिरेले गरेका थिए । स्वगत मन्तव्य अध्यक्ष भविन्द्र बिश्वकर्माको रहेको कार्यक्रमको सहजिकरण जिल्ला महासचिव कमलमान सुनार ले गरेका थियो।