पत्रकार महासंघ तनहुँ अध्यक्ष अधिकारीलाई सेनाको पदक

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले नेपाली सेनाको पदक प्राप्त गरेका छन् ।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई प्रधानसेनापती प्रशंसा निशान पदक प्रदान गरिएको हो ।


पत्रकारिताका माध्यमबाट नेपाली सेनाबाट भएका गतिविधि जनस्तरसम्म पुर्याइ सकारात्मक सन्देश प्रवाहमा बहन गरेको भूमिकाको कदर गर्दै पदक प्रदान गरिएको सेनाले जनाएको छ ।


अध्यक्ष अधिकारी रेडियो बन्दीपुरका स्टेशन म्यानेजर समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्