बार एसोसिएसनमा डिएलएबाट यदुनाथ प्रबल दावेदार

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र तनहुँ म्याग्देका वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ । उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबारसम्म खनालको मात्र दावेदारी परेको हो ।


बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारमा यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक खेमा बन्ने देखिएको छ । प्रजातान्त्रिक खेमाभित्र एक दिन अघिसम्म पनि खनालको मात्र दावेदारी परेकाले उनको दावेदारी प्रबल रहेको देखिएको छ ।


वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् । आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरुको क्षमता विकास, लोकतान्त्रिक पक्षधर मुद्दाहरुमा गरेको वकालत आदि कारणले आफूले संगठनबाट समर्थन प्राप्त हुने अपेक्षा गरेको खनालले बताए । खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार थिए ।

यसपाली संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको खनालले बताए । डिएलएका अनुसार संगठनले मंगलबार उम्मेदवारको नाम टुंगो लगाउनेछ ।

अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए । अरुको पनि आकांक्षी परेमा पनि सहमतिमै नाम तय हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्