युनियन लाईफले घरमै पुगेर दियो बीमा रकम

  • ख-
  • ख+

दमौलीः वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका व्यास १ का कृष्ण पन्तका परिवारलाई युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घरमै गएर बिमा रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको तनहुँ शाखाले मृत्यु बीमा गराएका पन्तका परिवारलाई १४ लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको हो ।


राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टीएन आचार्य तथा व्यास १ का वडा अध्यक्ष खरसिं दरैले मृतकका बुबा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई संयुक्त रुपमा चेक रकम हस्तान्तरण गरे ।


घरमा आयोजित कार्यक्रममा चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभा सदस्य पन्तले बिमा गर्दा जस्तै बिना झन्झट रकम बिमितले पाउनु पर्नेमा जोड दिए ।


वडाध्यक्ष दरैले बीमा महत्वपूर्ण भन्दै क्षमताअनुसार गर्नका लागि सुझाव दिए । कम्पनीका गण्डकी प्रदेश प्रमुख टीएन आचार्यले बीमा गराउनु मात्र ठुलो कुरा नभएको भन्दै युनियन लाईफले बीमितलाई सहज सेवा र सुविधा दिएको दाबी गरे ।


कम्पनीले शव ढुवानीमा एक लाख, क्रिया खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख र बिमाङ्क १० लाख गरी कुल १४ लाख बराबरको चेक रकम हस्तान्तरण गरेको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी