श्रमजीवी पत्रकारसम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिबद्धता

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै विद्यमान ऐन कार्यान्वयन गर्नुपर्ने समेत बताए । उनले केही प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए । उनले ऐन कार्यान्वयनमा देखिएका समस्याहरूको समाधान गर्दै सुधार गर्न समेत जरुरी रहेको बताए ।

उनले भने, ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ संशोधन गर्छौँ । यो प्रतिबद्धता जनाउन चाहन्छौँ । बहुदल पनि नआएको गणतन्त्र पनि नआएको हाम्रै मन्त्रालय छ । त्यस कारण ऐन संशोधनको प्रक्रियामा लाग्छौँ हामी । प्रकाशन एवं सञ्चार गृहहरूका कारण यो कार्यान्वयन नभएको हो नि । यसका सरकार र सम्बन्धित मन्त्रालयको तर्फबाट उहाँहरूसँग आवश्यक अन्तक्र्रिया नभएको हो कि ।

अहिलेसम्म हाम्रो राज्यको काम गर्ने तरिका र संस्कार त्यस्तो रहेछ । तत्काल यो ऐन कार्यान्वयनमा कहाँ कहाँ समस्या छ । त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ । त्यो कार्यान्वयन गर्ने कुरामा पनि मन्त्रालय तयार छ ।’कान्तिपुरबाट साभार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्