दमौली : जिल्ला प्रशासन कार्यलय तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपराधिक घट्ना न्यूनिकरण गर्न प्रहरीले मात्रै नसक्ने बताएका छन् । सामुदायिक सेवा केन्द्र दमौलीद्धारा आयोजित परिचयात्मक कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
पछिल्लो समय ठगीका घट्ना, आत्महत्याको संख्या अत्याधिक हुने गरेको बताउदै, यस्ता घटनालाई न्युनिकरण गर्न समाजका सबै नागरिकको उत्तिकै सहयोग आवश्यक पर्ने प्रजिअ थापाले बताए । जिल्लामा हुने सवारी दुर्घटना बारे प्रजिअ थापाले चिन्ता व्यक्त गरेका पनि थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले समाज अहिले जटिल अवस्थामा रहेकाले लागुऔषध, दुर्घटनालाई न्युनिकरण गर्न प्रहरी सदैव सक्रिय रहदै आएको बताए । उनले भने प्रहरी आमनागरिक संग हातेमालो गर्दै बढ्छ । नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला अध्यक्ष डि पि अधिकारीले सामुदायिक सेवा केन्द्रले सामुदायिक सँग केन्द्रित रहेर काम गरिने सह्रानीय भएको बताए ।
व्यास वडा नं १ का अध्यक्ष रमेशचन्द्र हड्ङ्खलेले केन्द्रले बजारक्षेत्र भित्र ट्राफिक जनचेतना, लागुऔषध लगाएतका विषयलाई उच्च प्रथामिताका साथ निगरानी राखी जनचेतनाका कार्यक्रम गर्दै आएका बताएका थिए । केन्द्रका अध्यक्ष राजेश्वर हड्खलेको अध्यक्षतामा सम्पन भएको सो कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द पन्थले गरेका थिए भने कार्यक्रमको सहजिकरणसचिव तारानरेश पौडेलले गरेका गिए ।
















