
दमौली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) तनहुँले एक विद्यालयमा कार्यरत कर्मचारीले विद्यार्थीलाई हातपात गरेको विषयमा दोषिलाई कार्वाहिको माग सहित विज्ञाप्ती निकालेको छ ।
तनहुँको भिमाद नगरपालिका स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी स्कुल कक्षा – ४ मा अध्ययनरत १० वर्षीय प्रमिस परियार लगाएत ४ जना विद्यार्थीहरुलाई हल्ला गरेको भन्दै उक्त स्कुलको कर्मचारी सुष्मा श्रेष्ठले तातो पन्यु तताएर गालामा डामेको विषयमा युनियनले विज्ञप्ती निकालेको हो ।
आम नेपाली विद्यार्थीहरुको हकहित र अधिकारको पक्षमा निरन्तर त्याग,समर्पण र बलिदानपुर्ण ईतिहास निर्माण गर्दै सडक आवाजको रुपमा स्थापित आफ्नो संगठन भएको विज्ञप्तीमा जनाईएको छ ।
घटनाको विष्पक्ष छानविन गरी दोषी कर्मचारीलाई कानुनबमोजिम कडा भन्दा कडा कारवाही माग गरिएको छ । घाईते विद्यार्थीहरुलाई उक्त विद्यालयमा अध्ययन गर्दा सम्म पुर्ण निशुल्क अध्ययन गर्ने बातावरण बनाउनुका साथै उचित क्षतिपूर्ति उपलव्ध गराईनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
