
दमौलीः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पक्षमा राष्ट्रव्यापी लहर आएको दावी गरेका छन् ।
दमौलीमा कार्यकर्ता प्रवेश कार्यक्रममा बोल्दै उनले भने,’राप्रपाको देशभर लहर आएको छ । दिन रात जतिखेरै कार्यकर्ता प्रवेश भैरहेको छ ।
उनले पार्टी प्रवेश गर्ने कसैले पश्चाताप गर्नु नपर्ने पनि जिकिर गरे ।
अध्यक्ष लिङ्देनले संविधानमा कमजोरी देखिएको भन्दै त्यसलाई सच्याउन यसको संसोधन आवश्यकता औंल्याए ।
उनले संसोधनपछि मात्र यसले काम गर्ने जिकिर गरे ।