पुरानै भाडा दर कायम गर्न यातायात व्यवसायीलाई यातायात व्यवस्था विभागको निर्देशन

  • ख-
  • ख+

काठमाडौं : यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुलाई शनिवारदेखि पुरानै भाडा दर कायम गर्न निर्देशन दिएको छ ।

विभागले मन्त्रिपरिषद्को निर्णयअनुसार मध्यम र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न निर्देशन दिएको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था खारेज गरिएको पनि जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागु हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो ।

यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्