गण्डकी प्रदेशले दियो स्थापना दिवसमा भोलि सार्वजनिक बिदा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा मङ्गलवार उक्त प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै मङ्गलवार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी