लायन्स क्लब अफ तनहुँ म्याग्देद्वारा अकला मन्दिरको सफाई

  • ख-
  • ख+

म्याग्दे: लायन्स क्लब अफ तनहुँ म्याग्देले म्याग्देको अकला मन्दिर परिसरको सरसफाई गरेको छ । बडा दशैंको अवसरमा चहलपहल रहने मन्दिर परिसरको सरसफाई गरिएको अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए ।


क्लबका पदाधिकारीहरुले मन्दिरको सरसफाई गरेका थिए । सोही अवसरमा क्लबले मन्दिर क्षेत्रको सरसफाईका लागि भन्दै दुई डस्टबिन प्रदान गरेको छ ।


क्लबका अध्यक्ष भीमलाल श्रेष्ठले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराईलाई डस्टबिन प्रदान गरेका हुन् । ‘आउने श्रद्धालुले जथाभावी फोहोर नफालुन् भनेर डस्टबिन प्रदान गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी