
दमौली : राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार तनहुँको बन्दिपुरमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुर्ण बि केलाई सर्वसम्वत चयन गरेको हो ।
त्यसैगरी प्रदेश संघको उपाध्यक्षद्वाय सन्तोष परियार र लक्ष्मी सुनार ,सचिवमा रामशरण नेपाली,सहसचिव अर्जुन हिताङ्ग, कोषाध्यक्षमा टोप बहादुर बिक चयन भएका छन् ।
त्यसैगरी,सदस्यहरुमा लक्ष्मण बिक, पुर्णिमा परियार, श्याम सितल परियार, अमृत बि क ,किरण गोतामे, विमला परियार, आदित्य रसाईली र सरस्वती ल्वागुन चयन भएका छन् ।
अर्को बैठकले १ जना मनोनीत गर्ने गरि १५ कार्यसमिति गठन गरीएको निर्वाचन समितिले जनाएको छ।