
देव गजमेर
बन्दिपुर: नेपाली समाजमा केही विभेदजन्य प्रथाहरु कायमै रहनुका साथै मानव भएर पनि मानवीय व्यवहारको अनुभूति दलित समुदायले नपाएको बताएका छन्।
तनहुँको बन्दिपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले सो कुरा बताएका हुन् ।
सविधानमा जे कुरा लेखेर पनि हाम्रो समाजमा अजै पनि छुवाछुत बिभेद कायमै रहेको र सविधानमै लेखे पनि अझै व्यावहार कमजोर भएको बताए।
उनले भने ” यसलाई चिर्नको लागी सवै को साझा प्रयत्न हुनुपर्छ।”
पत्रकार क्षेत्रको कुरा गर्नु पर्दा कुन समाचार सहि हो कुन गलत हो कुन चाही आधिकारिक हो कुन चाही होइन जनतालाई छुट्याउन गाह्रो छ । त्यसैले जनताले बुझ्ने गरी समाचार वनाउन पनि अनुरोध गरेका छन्।
मिडिया क्षेत्रले पछिल्लो समय अलि “नेगेटिभ”कुराको बढी उठान गरेको बताउँदै समाजमा “पोजेटिभ”राम्रा कुरा पनि ल्याउन अपिल गरे ।