चन्द्रज्योति प्रा.वि.का विद्यार्थीलाई न्यानो कपडा र ट्रयक सुट सहयोग

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ : ऋषिङ गाउँ पालिका वडा ७ दधिवन स्थित चन्द्रज्योति प्रा.विमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई सन्तोष गोदारले न्यानो कपडा र ट्रयक सुट सामान सहयोग गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. २ तनहुँका सह–सचिव याम सारु मगरको नेतृत्वमा सामान वितरण गरिएको हो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष श्री राजेन्द्र कृष्ण श्रेष्ठको प्रमुख अतिथि, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, शिक्षा शाखा प्रमुख सुवास रानाभाट, वडा सदस्य चाउरे थापा, नेपाल विद्यार्थी संघ, तनहुँका जिल्ला सदस्य रिम बहादुर आले लगायतको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा वि.व्य.समितिका अध्यक्ष मेख बहादुर थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सहजीकरण विद्यालयका प्र.अ. राजेन्द्र गिरीले गरेका थिए । सोहि कार्यक्रम मार्फत ऋषिङ गाउँपालिका वडा नं.६ स्थित श्री श्रृङ्ग मा.वि. मा अध्ययनरत ५जना विद्यार्थीहरुलाई ट्क सुट जुत्ता वितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्