३५ दिने शिलाई कटाई तालिम सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग : ऋषिङ्ग गाउँपालिका वडा नम्बर १ झापुटारद्वारा आयोजना गरिएको ३५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । भुमिका टेक्निकल सर्भिस प्रा.लि. को प्राबिधिक सहयोगमा सो तालिम सम्पन्न भएको हो ।

ऋषिङ्ग गाउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ प्रमुख अतिथि,बिशिस्ट अतिथी ऋषिङ्ग गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष कुश बहादुर थापा, शुक्ला मा.बि. प्रअ केशर थापा, वडा सदस्य सबिना राना, धन बहादुर आले, पुर्व वडाध्यक्ष श्री बहादुर आले लगाएतको आतिथ्यतामा टिका र प्रमाण पत्र प्रदान गरी प्रशिक्षार्थीहरुलाई विदाई गरिईएको थियो ।

वडा सदस्य आशा नेपालीको अध्यक्षतामा सम्पन्न भएको सो कार्याक्रममा प्रशिक्षार्थीद्धाय सङ्गिता बि.क. र सङ्गिता बरालीले मन्तब्य राखेका थिए भने प्रशिक्षकको रुपमा अस्मी सुनार र पुनम काफ्ले रहेकी थिईन् । उक्त सिलाई कटाई प्रशिक्षणमा कुल २० जना प्रशिक्षणर्थीहरु सहभागि रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी