आमाको स्मृतिमा डाक्टर दम्पत्तीद्वारा वृद्धाश्रमलाई सहयोग

  • ख-
  • ख+

दमौलीः आफ्नी आमाको वार्षिक पुण्यतिथिको अवसरमा डाक्टर भोला श्रेष्ठ परिवारले व्यास ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई सहयोग गरेको छ ।


व्यास ३ सफा सडक स्वर्गीय जुठीमाया श्रेष्ठको वार्षिक पुण्य तिथिको अवसरमा उनका छोरा डाक्टर भोला श्रेष्ठ तथा बुहारी डाक्टर ईलिया श्रेष्ठले आश्रममा रहेका ज्येष्ठ नागरिकको सहायताका लागि शुक्रबार खाद्यान्न तथा नगद ३० हजार रुपैयाँ सहयोग गरेको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिइन् ।


यस अघि श्रेष्ठका पिता राजकुमार श्रेष्ठले पत्नीको स्मृतीमा सत्यवती माविमा गरिब तथा जेहेन्दार परिवारको छात्रवृत्तिका लागि दुई लाखको छात्रवृत्ति कोषमा छोरा शान्तकुमार र बुहारी ईन्द्रकलाले तीन लाख रुपैयाँ थप गरी पाँच लाख पुर्याएका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक ईन्द्रप्रसाद पौडेललाई सो रकम हस्तान्तरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्