झोलुङ्गे पुलबाट हाम्फालेर एक जना वेपत्ता

दमौली न्युज
  • ख-
  • ख+

देवघाट: चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्लालेर मंगलबार दिउँसो एक जना वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लमजुङ बेशिशहर नपा-३ गाउँ शहर बस्ने ४१ वर्षिय मदन परियार रहेको प्रहरीले जनाएको छ । मंगलबार माघे सक्रान्ति मेलाको क्रममा झोलुङ्गे पुलमा भक्तजनको भिड भएको अवस्थामा पुल तर्ने क्रममा उनी पुलबाट त्रिशूली नदीमा हाम्फालेका थिए ।

उनी कपडा फुकालेर मोबाइल सहित पुलको छेउमा राखेर नदीमा हाम्फालेको प्रहरीले जनाएको छ । कपडा र मोबाइलको अधारमा उनका काका भरतपुर मनपा-२ बस्ने शुकबहादुर परियारले मदनको पहिचान गरेका थिए ।

नदीमा उद्धारमा खटिएको प्रहरीले उनको खोजी गरेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी