प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता खनाल सर्वसम्मत, खनाल र पौडेललाई पत्रकारिता पुरस्कार

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः प्रेस सेन्टर नेपाल तनहुँको अध्यक्षमा अस्मिता खनाल सर्वसम्मत निर्वाचित भएकी छन् ।

शुक्लागण्डकीको झाँगाझोलीमा सम्पन्न पाँचौ अधिवेशनबाट खनालको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो ।

गठित समितिको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, सहसचिवमा शुष्मा गुरुङ तथा कोषाध्यक्षमा सावित्रा कोइराला चयन भएका छन् ।

सदस्यहरुमा बिनिता भण्डारी,सपना सेन्चुरी र अनिता गुरुङ छन् ।

कार्यक्रमको अवसर पारी सेन्टरले स्थापना गरेको कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल र त्रिभूवन पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ तनहुँकी निवर्तमान उपाध्यक्ष अस्मिता खनाल पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य हरिबहादुर चुमानले पुरस्कृत गरेको सेन्टरका निवर्तमान अध्यक्ष एसबी नेपालीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी