गण्डकी नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. काफ्ले कांग्रेसको प्रदेश समन्वय विभागको सचिव

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँका विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नेपाली कांग्रेसको प्रदेश समन्वय विभागको सचिव मनोनित भएका छन् ।


पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका डा. काफ्लेलाई सचिव मनोनित गरेका हुन् ।


यसअघि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यकारी निर्देशक रहिसकेका काफ्ले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका सल्लाहकार समेत हुन् ।


काफ्लेसँग प्राध्यापन तथा विभिन्न विकासे निकायमा कार्यकारीका रुपमा काम गरेको अनुभव छ । उनी कांग्रेसको नीति सम्बन्धी प्रशिक्षकसमेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी