दमौली : बामपंथी एवम् दलित नेता रामलिला सुवर्णकारको प्रथम वार्षिक स्मृति सभा कार्यक्रम मनाईएको छ । व्यास नगर कमिटिको आयोजनामा नेकपा एमाले पार्टि कार्यालय दमौलीमा सुवर्णकारको प्रथम वार्षिक स्मृति समारोह आयोजना गरिएको छोरा मनोज कुमार सुवर्णकारले जानकारी दिए ।
तुल्सीराम पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज केदार सिग्देल, श्रीप्रसाद श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष हरीराज कडेल,मोहन कुमार वि क लगायतले बामपंथी एवम् दलित नेता रामलिला सुवर्णकारको योगदानका बारेमा सवैले चर्चा गरेका थिए भने स्वागत मन्तव्य सुदिप पौडेलको रहेको थियो ।
नेकपा एमाले पुर्व जिल्ला कमिटीका पुर्व सदस्य रामलिला सुवर्णकारको गत वर्ष पौष २५ गते निधन भएको थियो ।