तनहुँ प्रशासनले भन्यो,‘यात्रा नगरौं, चाडबाड घरमै मनाऔं’

  • ख-
  • ख+

शुभकामना तथा चियापान कार्यक्रम पनि नगर्न आग्रह
दमौलीः
तनहुँ प्रशासनले यात्रा र जमघट नगरिकन चाडबाड घरमै मनाउन आग्रह गरेको छ ।
प्रशासनले अनावश्यक भिडभाड हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्न अनुरोध गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालद्वारा जारी सूचनामा बिदाको समय भन्दै समूहमा घुमफिर नगर्न तथा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि नगर्न अनुरोध गरिएको छ ।
प्रशासनले सवारी साधनमा भिड नगर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि अनुरोध गरेको छ ।


विज्ञप्तिमा चाडबाडमा जुवातास नखेल्न तथा व्यापार व्यवसाय गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी