बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+


बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका वडा न २ को कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिताको आयोजना हुने भएको छ । नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै “स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद“ भन्ने मुल नाराको साथ गोरु जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।


गोरु जुधाई तर्फ प्रथम पुरस्कार नगत रु . १५ हजार र दोस्रो पुरस्कार नगत रु. ७ हजार रहेको र दर्ता शुल्क ५ सय रहेको नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए । पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुने छ । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु. ४ हजार ५ सय र महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क ५ सय रहेको छ ।


पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगत रु. ४० हजार मेडल र प्रमाण पत्र , दोस्रो पुरस्कार नगत रु २५ हजार मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार नगत रु. १५ हजार मेडल र प्रमाण पत्र र महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगत रु. ७ हजार मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी