पत्रकार न्यौपानेलाई पितृशोक

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेलाई पितृशोक परेको छ ।

न्यौपानेका पिता रामचन्द्र न्यौपानेको वर्षको व्यास ३ शान्तिनगरस्थित निवासमा शुक्रबार बिहान निधन भएको हो ।

बिरामी परेका उनको पोखरामा उपचार सम्भव नभए पछि घरमै फर्काइएकामा निधन भएको हो ।


पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष धनपती अधिकारीले न्यौपानेलाई परेको शोकप्रति विज्ञप्तिमार्फत समवेदना प्रकट गरेका छन् ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले दमौलीस्थित सेतीमादी शवदाहस्थलमा पुगेर न्यौपानेप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी