मुख्यमन्त्री गुरुङले प्रहरीलाई भने,‘अनुचित दबाबमा काम नगर्नु’

  • ख-
  • ख+

पोखरा: मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले अनुचित दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवका अवसरमा पोखरामा आयोजित कार्यक्रत्रममा बोल्दै उनले नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न निर्देशन दिए ।


उनले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुद पनि देश र जनताको सेवामा संलग्न भएको भन्दै सम्मान प्रकट गरे ।


प्रविधिको विकाससँगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेकाले प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त बनाउन गण्डकी प्रदेश सरकार तत्पर रहेको उनले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सहिदहरुले देखाएका सपनालाई साकार पार्न र गरेको योगदानलाई स्मरण गरी सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नुपर्नेमा जोड दिए ।


गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरीका गतिविधिका बारेमा जानकारी गराए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखरामा भएको कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धा सुमन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी