
पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत ढोरपाटन ७ का २५ वर्षका प्रहरीको बिहिबार राती मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको थियो ।
उनीसँगै प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या ४८ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।
हालसम्म पाँच हजार चार सय ७१ जनामा कुल संक्रमण देखिएको छ ।