
दमौलीः व्यास ३ मा संक्रमित भेटिएका पाँच जनामा प्रहरी, थुनुवासहित बिजुलीका काम गर्ने कामदार भएको खुलेको छ ।
व्यास नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमित भेटिएकामा एक प्रहरीले पक्राउ गरेका थुनुवा छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँका तीन जना प्रहरी पनि संक्रमित भएका छन् ।
प्रहरीले पक्राउ गरेका थुनुवालाई कारागार लैजानुपूर्व परीक्षण गर्ने क्रममा थुनुवा र उनीहरुलाई पक्राउ गर्न गएका प्रहरीमा पनि संक्रमण भेटिएको शाखा प्रमुख प्रमोद सोतीले बताए ।
संक्रमितमा दमौली अस्पतालमा बिजुली तथा पानीको काम गर्ने एक कामदार पनि छन् । अस्पतालका चिकित्सक र कर्मचारीमा संक्रमण भेटिएपछि उनको पनि परीक्षण गरिएको थियो ।