
पोखराः बिहिबार गण्डकी प्रदेशमा एक सय ६९ जनामा संक्रमण देखिएको छ । यो प्रदेशमा हालसम्मकै उच्च भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा बिहिबार ११ जनामा संक्रमण भेटिएको थियो ।
उनीहरु सबै व्यास नगरपालिकाका हुन् । व्यासमा संक्रमण बढिरहँदा पछिल्लो दिन एकै परिवारका सहित ११ संक्रमित भेटिएका थिए ।
तीन जना विदेशबाट फर्केर होम क्वारेन्टिनमा बसेका बाहेक व्यासका अरु समुदायका व्यक्तिमा संक्रमण भेटिएको हो ।
यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वमा ५८, कास्कीमा ३५, बाग्लुंगमा ५१, म्याग्दीमा चार, गोरखाका सात र लमजुङका तीन जनामा बिहिबार संक्रमण भेटिएको थियो ।