आयोगद्धारा एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दान बहादुर श्रेष्ठ
ऋषिङ्ग :
अख्तियार अनुसन्धान आयोगद्वारा ऋषिङ्ग गाउँपालिकामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको आतिथ्यतामा गाउँपालिकाका गाउँसभा सदस्य तथा कर्मचारहरु ,बिद्यालयका अध्यक्ष एवम प्रधानाध्यापकहरु, बन, सरकारी एव गैरसरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिहरु सहभागीतामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङ्को अध्यक्षतामा संचालित कार्यक्रममा तामाङले अख्तियार बिकासको बाधक नभएको जिकिर गर्दै आम नागरिकको सहयोगी बनेर बिधिको शासन स्थापना गर्नका लागि बिकासको साधक बनेर असल शासन स्थापना गर्नको लागि सरकारको सहयोगि रहेको बताए ।


ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले केही कुण्ठित मानसिकताका कारण स्थानिय तहहरुले समस्या भोग्नु परिरहेको र नीति बिपरित काम नगरेतापनी फजुल उजुरिहरुले काम गर्ने वातावरण नबनेको बताए “एक प्रकारको त्रसित मानसिकताबाट स्थानिय उपभोक्ताहरु गुज्रनुपरेको छ उनले भने उकुण्ठित मानसिकताबाट बाहिर निस्केर वास्तविक घटनाक्रमको सुझबुझपुर्ण निर्णयको लागि अख्तियारलाई सहयोग गर्न गाउँपालिका तयार रहेको छ ।” अनाहक र बिना तथ्यका उजुरिहरुले स्थानिय तहहरुका बिकासे कामहरुलाई प्रभाबित पारेको भन्दै उजुरिकर्ताको जाहेरी झुट्टा ठहरि झुट्टा बिबरण पेश गर्नेहरुलाई समेत कारवाहिको दायरामा ल्याउनु पर्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई अतिथी रहेको उक्त कार्यक्रममा स्थानिय संघ संस्थाका प्रमुखहरुले अख्तियारका कामहरु प्रती चासो ब्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्