चेक अनादर मुद्धामा फरार प्रतिवादी पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कास्की पोखरा महानगरपालिका वडा नं.०७ तुल्सीघाट बस्ने बर्ष ४० को बलराम तिवारी रहेका छन् ।


चेक अनादर मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात फरार रहेका तिवारीलाई हिडिरहेको अवस्थामा व्यास ४ भोर्लेटार चोकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।


उनका अनुसार तिवारीलाई रु एक हजार जरिवाना भुक्तानको लागि २०७९।०९।२० गतेको फैसलाले तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी