मादीबाट अवैध उत्खनन् गर्ने ५ ट्याक्टर नियन्त्रणमा

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले अवैध उत्खनन् गरेको आरोपमा मादी बगरबाट पाँच ट्याक्टर नियन्त्रणमा लिएको छ ।


बिहिबार विहान ९ बजे व्यास नगरपालिका वडा नम्बर ५ स्थित मादी पुल नजिकको पश्चिमको बगरबाट लोड गर्दै गरेका ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

व्यास क्षेत्रका ती ट्याक्टरहरु व्यास नगरपालिकालाई कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी