आमाको काजक्रियामा बसेकी छोरी

दमौली न्युज
  • ख-
  • ख+

शुक्लागण्डकी: तनहुँको शुक्लागण्डकी नगरपालिका १ काठिपिपलकी तारा कुवंर अहिले आफ्नो आमाको काजक्रिया बस्नु भएको छ । गत २० गते दुई छोरीकी आमा रुपन कुँवरको अल्यायुमा मृत्यु भए पछि छोरी तारा बैदेशिक रोजगारीबाट फर्किएर आफ्नै हातले दागवती दिएर क्रियाकर्म बसेकी छिन् । 

नेपाली समाजका छोरीहरु छोरा जति नै सक्षम छन् भन्ने कयौं उदाहरण समाजमा स्थापित हुन थालेका छन् । विशेष गरी मातापिताको स्वर्गबास पछि गरिने कर्मकाण्डमा भने छोराको आवश्यकतालाई प्राथमिकता दिने नेपाली समाजमा छोरीहरुले समेत उत्तिकै सहभागिता जनाउन सुरु गरेका छन् । 

‘आमाको इच्छा थियो छोरीले क्रिया गरोस्, उहाँले भन्नुभयो ‘आमाको बचन पुरा गर्न पाएकोमा खुशी छु ।’ उनले छोरा जत्तिकै भूमिका छोरीहरुको समेत हुनुपर्ने दावि गर्दै समाजमा यस्ता क्रियाकलापमा लैगिक रुपमा भएको असमान ब्यवाहार हट्नुपर्ने उनले बताइन्।

१३ दिनसम्मको काजक्रियामा बसेकी तारालाई स्थानीय पण्डित कालिदास पौडेलको समेत साथ रहेको छ । क्रियाथलोमा नै भेटिएका पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागि हुन मिल्ने उनको भनाई थियो । 

पछिल्लो समय समाजमा छोरीहरुको भूमिकाको प्रभावकारी बन्दै भएको र आमा बुवाको लालनपालनमा समेत छोरीहरु बढी सक्रिय देखिएकाले काजक्रियामा सहभागि हुन कुनै रोकतोक गर्न नमिल्ने बताउनुभयो । पौडेलले तारालाई छोराले गर्ने सबै विधीबाट काजक्रिया गर्न सहयोग गरिरहेको जानकारी दिईन।

दुई छोरीमात्र भएपछि छोराकै लागि सन्तान संख्या नबढाएका घनश्याम अहिलेको दुखद परिस्थितीमा समेत खुशी नै देखिन्छिन्। श्रीमतीको मृत्युपछिको परिस्थितीबारेमा समाजको गाईगुईले बेलाबेलामा चिन्तित बनाउने गरेको स्मरण गर्दै घनश्यामले अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट देखे।

अर्की छोरी परिस्थितीबस आमाको काजक्रियामा सहभागि हुन नपाएको गुनासो गर्दै उनले छोरीहरुको भूमिकाले छोरा नै चाहिन्छ भन्ने मान्यता मिथ्या मात्र रहेको बताईन्। स्थानीय नारायण बिकले समेत कुवर परिवारमा छोरीले देखाएको उदाहरणको सिको गर्न लायक रहेको बताए ।

सामाजिक रुपमा रहेको कुसंस्कारहरुलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने दाबी गर्दै बिकले यस्ता कदममा समाज र शिक्षित समुदायको साथ आवश्यक रहने उनको भनाइ थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी