क्रिकेट क्लबको अध्यक्षमा प्रमिस न्यौपाने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : आदिकवि भानुभक्त क्याम्पसमा क्रिकेट क्लब (ABC Cricket Club) गठन गरिएको छ ।क्याम्पसमा अध्ययनरत क्रिकेट खेलप्रेमी सम्मेलनले प्रमिस न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा विशाल नेपाली चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा विसम ठकुरी, सहसचिवमा बिपिन अधिकारी रहेका छन् ।

क्लबको सदस्यहरुमा अङ्कित तिवारी, सफल अधिकारी, सन्देश पन्थी, मन्दिप विसुराल, असिम क्षेत्री, सबिन श्रेष्ठ, चन्दन परियार र शुभराज श्रेष्ठ चयन भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्