
ऋषिङ : ऋषिङ गाउँ पालिका वडा २ ग्वास्लुङ घर भई हाल लन्डन बस्दै आएका “ठकुरी समाज साउथ इस्ट लन्डन ” का अध्यक्ष हरि कुमार मल्लले एक स्कुललाई शैक्षिक सामाग्री सहयोग गरेका छन्।
शिव शक्ति प्राथमिक विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो सुइटर, स्टेसनरी सामग्रीको लागि ५ हजार सहयोग गरिएको हो
अध्यक्ष शाहीले उक्त गाउँमा रहेका वृद्ध -वृद्धा बुबा आमाहरुको लागि न्यानो कपडालाई भनि, सोही गाउँको आमा समुहलाई नगत ५ हजार सहयोग गरेको शिव शक्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक कमल रानाभाटले बताए।