बन्दीपुरका मानसिक अपांगता भएका ५६ परिवारलाई राहत

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाका ५६ जना मानसिक अपांगता भएका परिवारलाई राहत वितरण गरिएको छ । कोशिष नेपाल संस्थाको आयोजनामा बन्दीपुर गाउँपालिकामा भएको कार्यक्रममा कोभिडका कारण समस्यामा परेका ती परिवारलाई राहत वितरण गरिएको बताइएको छ ।


गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले राहत हस्तान्तरण गरे । प्रत्येक परिवारलाई एक बोरा चामल, नुन तेल, मसला, चिनी, दाल लगायत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
वितरण कार्यक्रममा संस्थाका प्रतिनिधिसँगै उपाध्यक्ष करुणा गुरुङ, प्रवक्ता ध्रुवराज लामिछाने, प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीलगायत उपस्थित थिए ।

कोशिष नेपाल संस्थाले मानसिक समस्या भोग्दै आएकालाई उपचारमा सघाए पनि अहिले कोभिडका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी