बुल्दी पुल धरापः २ जना खसे पछि मर्मत शुरु

  • ख-
  • ख+

दमौली: एक पछि अर्को गर्दै दुई जना पुलबाट खसे पछि बल्ल व्यास १ र २ को सीमानामा पर्ने पृथ्वी राजमार्गस्थित बुल्दी पुलको मर्मत शुरु भएको छ । आर्थिक वर्ष २०७२।०७३ मा ठेक्का लागेको पुल बिहिबारबाट मर्मत हुन थालेको हो ।


लामो समय भए पनि मर्मत नगरिंदा उदयपुर कटारी नगरपालिका ९ निवासी ३७ वर्षका प्रेम रोका पृथ्वी राजमार्गस्थित पुलको रेलिङ भाँचिएको ठाउँबाट खसेका थिए ।
त्यसलगत्तै पुलको मर्मत थालिएको हो । यस अघि नै मर्मतका लागि रातो रिबन बाँधेर राखिए पनि पुल मर्मत नहुँदै दुई जना युवक खसेर मृत्युको मुखबाट जोगिएका थिए ।


सडक डिभिजन कार्यालय दमौलीका प्रमुख इञ्जिनियर अमितकुमार श्रेष्ठले पुल मर्मतका लागि पहिल्यैदेखि ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको भए पनि बिहिबारबाट काम शुरु भएको जानकारी दिए । ‘उहाँहरुले थाल्दैछौं भन्नुभएको थियो,’उनले भने,‘आज दिउँसोबाट काम शुरु भएको छ ।’अहिले कम्पनीका कामदारहरुले पुलको रंगरोगन र रेलिङ भाँचिएको ठाउँमा वेल्डिङ थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी