सांसद रामबहादुर गुरुङलाई कोरोना पुष्टि

  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य रामबहादुर गुरुङमा कोरोना पुष्टि भएको छ । बुधबार परीक्षण गराएका उनको बिहिबार आएको नतिजाले संक्रमण पुष्टि गरेको थियो ।

केही दिनयता तनहुँका विभिन्न भागमा योजना अनुगमनमा हिंडेका गुरुङ धेरै कार्यक्रममा सहभागी थिए ।


उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पर्कमा रहेकालाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी