सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

  • ख-
  • ख+

मिस यूनिभर्स नेपालकालागिनयाँफ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्माश्रेष्ठले यही असोज २२ गते, बिहिबारका दिन, ए.पि. वानएच् डि माप्रत्यक्ष प्रसारित कार्यक्रम “द नग्म्याटिक शोू मार्फत उक्तःग्ल् एप् लन्च गर्नु भएको थियो ।

यस मिस यूनिभर्सका विजेताले रु. १० लाखनगदउपहार प्राप्तगर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिकधन राशि रहको घोषणा नग्मा श्रेष्ठले गर्नुभएको थियो ।

यसःग्ल् २०२० एप्लाई एन्ड्रोइडको गुगलप्ले स्टोर तथाएप्पलआइओ एस दुवैमालन्च गरिएको छ । सहभागीहुने पहिलो २० प्रतियोगीहरुको लागिनिःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका रु.१००० तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलररजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका लागिआवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रम मार्फत गरिएको थियो । उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदानगर्नुभएको योगदानहरुलाई प्रस्तुतगरिएको थियो ।

यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिता ले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमानयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशीप्रतियोगिताको मशालबोक्दै अघि बढ्नेअठोटलिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएकाप् रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

“द नग्म्याटिक शो”मार्फत नग्माश्रेष्ठ भन्नुहुन्छ, “पेजेन्ट्री केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित हुनु हुँदैन, बरु यो धैरेव्यक्तिहरुका लागि अवसर हुनुपर्दछ। ”
नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेतामतदानबाट छनौट गरिनेछ ।

http://missuniversenepal.org/

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी