बुल्दी पुलको धरापले युवकको झण्डै ज्यान गएन

  • ख-
  • ख+

सुमन श्रेष्ठ
दमौलीः रेलिङ भाँचिएको लामो समय भए पनि मर्मत नगरिंदा बुल्दी पुलबाट खसेर एक युवक मृत्युको मुखबाट जोगिएका छन् ।


उदयपुर कटारी नगरपालिका ९ निवासी ३७ वर्षका प्रेम रोका पृथ्वी राजमार्गस्थित पुलको रेलिङ भाँचिएको ठाउँबाट खसेका थिए ।
बाग्लुङमा काम गर्न आएका उनी कोरोना संक्रमणका कारण खर्च नभए पछि हिंडेरै उदयपुरस्थित घर जाँदै थिए ।


त्यस क्रममा विहान पाँच बजे पुलबाट खसेका उनको झण्डै साढे २ घण्टापछि उद्धार भएको थियो ।
पुलबाट खस्दा उनको ढाड, टाउको तथा हातमा चोट लागेको छ । ‘हिंडेर जाँदै थिएँ,’ उनले भने,‘रेलिङ भनेर समात्न खोज्दा खसें ।’ खस्ने ठाउँ केही मात्र फरक परेको भए उनको अवस्था झनै डरलाग्दो हुने उद्धारमा संलग्नको भनाई छ ।


दमौली अस्पतालमा उपचारपछि उनलाई आफन्तले घरै लगेर उपचार गर्ने बताएका छन् ।
यस अघि पनि सोही ठाउँबाट खस्दा एक युवक गम्भीर घाइते भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्