![](https://damaulinews.com/wp-content/uploads/2024/11/received_1361232311516574-1-768x578-1.jpeg)
ऋषिङ्ग : तनहुँको ऋषिङ्ग गाउँपालिकामा दुई दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । यू एस ए आई डी (अमेरिकी जनता) काे आर्थिक तथा प्राविधिक सहयाेगमा प्रारम्भिक कक्षा सिकाइ विद्यालय अनुदान कार्यान्वयन सम्बन्धी दुई दिने कार्यक्रम भएको हो ।
कार्यक्रमको पहिलाे दिन १३ विद्यालय र दाेस्राे दिन १२ वटा गरि २५ विद्यालयका विद्यालय सहभागी भएका थिए।
उक्त कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक गरि प्रत्येक विद्यालयबाट ३ जना पदाधिकारीहरुको सहभागिता जनाएका थिए।
विद्यालय अनुदान कार्यान्वयन सम्बन्धी सहजीकरण यू एस ए आई डी विद्यालय अनुदान विज्ञ पुरेन्द्र थापा र उक्त संस्थामा कार्यरत मुक्ति अधिकारी र बिन्दु गरुङले गरेका थिए ।
कार्यक्रम अन्तरगत ऋषिङ्ग गाउँपालिकामा १ कराेड २५ रूपैयाँ विद्यालय संग सम्झाैता भइ प्रत्येक विद्यालयले पाँच लाख बराबरकाे कार्यक्रम काम अगाडी बढेको छ।
जस अन्तरगत प्रारम्भिक कक्षा १,२ र ३ काे सिकाइमैत्री गुणस्तरीय कक्षाकाेठा व्यवस्थापन,विद्यार्थी सिकाइ कृयाकलाप , सिर्जनात्मक र रचनात्मक क्रियाकलाप ,प्राेत्साहन , विद्यालय प्रति सकरात्मक वालमनाेविज्ञान विकास लगाएत गुणस्तरीय प्रारम्भिक शिक्षामा यस कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएकाे छ ।
विद्यालय शिक्षाकाे जगकाे रूपमा रहेकाे प्रारम्भिक कक्षा १ देखि ३ कक्षा सम्मका विद्यार्थीकाे सिकाइकाे सुदृढीकरण साथसाथै सिंगाे विद्यालय शिक्षाकाे विकासमा यसकाे सकरात्मक दीर्घकालिन प्रभाव रहने पनि जनाईएको छ।