व्यासका ३ विद्यालयमा रोटरीको ई–लर्निङ सपोर्ट

  • ख-
  • ख+

दमौलीःरोटरी क्लब अफ दमौलीले व्यास नगरपालिकाका तीन विद्यालयलाई इन्टरनेटमार्फत सिकाउन सकिने सामग्री सहयोग गरेको छ ।


रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ स्थित बाराही मावि, व्यास–१२ स्थित अमरज्योति मावि र व्यास–६ स्थित इन्दु माविलाई एक–एक थान ४२ इन्चको स्मार्ट टि.भी हस्तान्तरण गरिएको हो । १ कक्षा देखी १२ सम्मको सबै कोर्स रेकर्ड गरिएको उक्त स्मार्ट टिभीबाट अनलाइन र अफलाइन दुवै तरिकाले पढाउन सकिने छ ।


ती विद्यालयमा सिकाई सामग्रीसँगै तीन वर्षका लागी मिडास सफ्टवेयर र इ–लाइब्रेरी हस्तान्तरणको तयारी पनि भइरहेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दमोदर भण्डारीले जानकारी दिए ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रबहादुर अधिकारी, प्रधानाध्यापक हिराबहादुर अधिकारी, अमरज्योतिका शिक्षक अभिभावक संघका अध्यक्ष निलप्रसाद डौलिया तथा विद्यालयका प्रअ रामजी तिमल्सेना र इन्दु माविका विद्यालय व्यवस्थापन समितका अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रअ रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।


कार्यक्रममा बोल्दै न्यौपानेले शिक्षा, स्वास्थ्यका क्षेत्रमा विगत लामो समयदेखि नै रोटरीको सहयोग रहदै आएको चर्चा गर्दै सामग्रीले बालबालिकाको सिकाईमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।


सोही अवसरमा बाराही माविका विव्यस अध्यक्ष बिरेन्द्र अधिकारीले सामग्रीले शिक्षण सिकाई प्रक्रियालाई रोचक र थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्जकुमार मल्लले रोटरी साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकालाई शिक्षाको मुलधारमा समेट्न विविध कार्यक्रम सञ्चालन भइरहेको बताए ।


रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा तथा व्यास नगरपालिकाका प्रेस सल्लाहकार प्रदीप काफ्लेको संयोजनमा भएको कार्यक्रममा रोटरीका पुर्वअध्यक्षहरु एवं पदाधिकारीहरु र रोट¥याक्ट क्लबका अध्यक्ष लगायत सहभागी थिए ।
२०३० सालसम्म १०० प्रतिशत साक्षरता पु¥याउने नेपाल सरकारको योजनालाई सघाउन रोटरी नेपालले विद्यालयमा निरन्तर सिकाई सहयोग गरिरहेको क्लबका अध्यक्ष भण्डारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्