
दमौलीः व्यास नगरपालिकामा कोरोना संक्रमण दर बढेको पाइएको छ । पछिल्ला दिनमा नगरपालिकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ । बिहिबार मात्र नगरपालिकामा ११ जना संक्रमित थपिएका थिए । उनीहरुमध्ये समुदायका अधिक छन् ।
थपिएका मध्ये विदेशबाट आएर क्वारेन्टिन बसेका तीन जना छन् । बाँकी
संक्रमितमा व्यास १ का दुई पुरुष र एक महिला, व्यास २ मा एक पुरुष, व्यास ५ का एक पुरुष छन् ।

यसैगरी व्यास ४ का पाँच वर्षिया बालिकासँगै चार महिला र १० वर्षका बालक पनि छन् । संक्रमितमा बालिकाका आमा छोरी भएको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसबाहेक अर्की २४ वर्षिया महिलामा पनि संक्रमण भेटिएको छ ।
तर उनको ठेगाना भने खुलेको छैन । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जँचाउँदा संक्रमण भेटिएपछि त्यहीं आईसोलेसनमा राखिएको बताइएको छ ।