रक्सी र कोरोना

  • ख-
  • ख+

डा. अरुणा उप्रेती | बरिष्ठ जनस्वास्थ्य चिकित्सक कती जनाले भन्ने गरेको सुनियो ‘रक्सी खाए कोरोना लाग्दैन’ ।

यो ज्ञान कता बाट अयो कुन्नी, तर नेपाली समाजमा रक्सीले स्वास्थ्यमा परेको प्रभाबबारे कमै ‘विचार विमर्श’ हुन्छ । होली वाइनको कहिले कहिले ‘समाचार’ बन्छ नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरर्वार्ता छापिन्छ ।

रक्सीलाई मन मस्तिष्क तीव्र पार्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ । तर, रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका नारायण गोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन ।

‘पोलिटिकल्ली इन्करेक्ट’ भइएला कि भनेर त्यसमाथि पनि केही चिकित्सकहरुले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यका लागि फाइदा गर्छ भनेपछि त धेरै मानिसहरुलाई निउँ नै भएको छ । युवा पिँढीले हामीले रक्सी खाएको के पो नराम्रो हुन्छ र भन्ने मानसिकताबाट प्रेरित हुन्छन् नै । वास्तवमा रक्सीले कतिको जीवन, स्वास्थ र पैसा खराब गरिरहेको छ भनेर धेरै टाढा जानु पर्दैन ।

नेपालका एक प्रसिद्ध कविले त्यसरी नै रक्सी खाने बानीले गर्दा स्रोताहरुलाई कविता सुनाउँदा सुनाउँदै निदाएका थिए रे ! ‘विराटनगरमा मैले एक कवि गोष्ठीमा ती कविलाई बोलाएको थिएँ । प्रसिद्ध कविको कविता सुन्न स्रोताहरु लालयित थिए । तर, ती कविले अघिल्लो रात रक्सी बेस्कन खाएर बान्ता गरी ढिलो सुतेका रहेका रहेछन् ।’

‘बिहानीपख जबरजस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो । तर, गोष्ठीमा बसेपछि अरु कविले कविता सुनाउँदा उनी सोफामा नै लमतन्न परेर घुर्न थाले । उनले कसरी कविता भन्नु ? उनलाई उठाएर पुनः होटेलमा नै पुर्‍याइदियौँ । उनी सुति नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलादमी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँछ ।’ एक जना व्यक्तिले मलाई सुनाएका थिए ।

भारतका प्रसिद्ध सिने कलाकार गुरुदत्त पनि असाध्य रक्सी पिउँथे । बहिदा रहमानसँग उनको असफल प्रेमका कारण उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौँ । सिने प्रत्रिकामा पढथ्यौँ । पछि उनले पनि आत्महत्या गरे । सानो छँदा सुन्ने यस्ता कुराले मलाई खासै छुँदैनथ्यो । तर, अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको शिकार थिए कि ? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि ?

एक पुरुष वा महिलाले रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने कुरा मैले धेरै देखेकी छु । रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिट्टै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको इच्छा हुन्छ ।

फिल्मी प्रेम प्रसंग सफल नभएपछि रक्सी खाएका देख्दा लाग्छ, मानौँ रक्सी पिउनु खासै नराम्रो कुरा होइन । कुनै दुःख परे वा खुशी भए रक्सी पिउने प्रचलन फिल्म वा टेलिफिल्ममा देखाउँदा यस्तो लाग्छ, मानौँ रक्सी नभए त जीवन नै चल्दैन ।

एक पुरुष वा महिलाले रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने कुरा मैले धेरै देखेकी छु । रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिट्टै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको इच्छा हुन्छ ।

रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ । त्यसैले लामो दूरीका बसमा चालकले रक्सी नखाए त जिउ दुख्छ, चलाउनै सकिँदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौँ घटना छन् ।

मधुमेहबाट पीडित एक जना कर्मचारी अत्यधिक रक्सी सेवनले एकचोटी बेहोस नै भएछन् । अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए । अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरुले परिवारलाई सोध्दाखेरि जवाफ पाइयो, ‘उनी बाँचेर हामीलाई खासै फाइदा छैन ।

उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन । त्यसैले भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन ।’ भोलिपल्ट उनको मृत्यु भयो । परिवारका सदस्यले मृत्युपछिका सबै संस्कार गरे । कर्मचारीले अत्यधिक रक्सीको सेवन नगरेको भए सायद परिवारले उनको जीवन बचाउन हरसम्भव कोशिस गर्थ्यो कि !

रक्सी खाएर अति योग्य कलाकारहरुले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारे रोग लागेको मानिसले रक्सी खाएर बेहोस भएर जीवन नै सिद्धिएको घटना गाउँघरमा पर्याप्त पाइन्छन् । केही समय मानिसले रक्सी खान्छ । तर, पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो त प्रत्येक व्यक्तिको हातमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी