तनहुँ प्रशासनको अनुरोधः १० बजेसम्म देउसी खेलौं, मादक पदार्थ सेवन गरेर होहल्ला नगरौं

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः जिल्ला प्रशासन कार्यालय तनहुँले राती १० बजेसम्म मात्र देउसीभैलो खेल्न जिल्लावासीसँग अनुरोध गरेको छ ।


तिहारका अवसरमा एक सूचना जारी गर्दै प्रशासनले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था मध्यनजर गर्दै देउसी, भैलो तथा नाचगानजस्ता कार्य राती १० बजेभित्र मात्र शान्तिपूर्वक गर्न अनुरोध गरेको छ ।


कार्यक्रमले सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा पटका, आतिसवाजीजस्ता विष्फोटकजन्य पदार्थसमेत प्रयोग नगर्न आग्रह गरिएको छ ।


सूचनामा मादक पदार्थको सेवन गरी होहल्ला तथा झैझगडा गरेर अशान्तिका क्रियाकलाप नगर्नसमेत अनुरोध गरिएको छ ।
निषेधित कार्य गरेमा कानून बमोजिम कारबाही हुने प्रशासनले सूचनामार्फत उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी