
दमौली : तनहुँको पर्यटकीय ठाउँ मानुङकोटमा घुम्न आएका एक समुहलाई अर्को समुहको कुटपीटबाट पाँच व्यक्ति घाईते भएका छन् । पोखराबाट मानुङकोट घुम्न आएका व्यक्तिहरुलाई ५/६जनाको समुहले आक्रमण गरेका थिए ।
आक्रमणबाट पाँच जना व्यक्तिको टाउँको,कन्चट,गाला,नाडी,आँखा नजिकको भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ । उपचार हुनेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने बर्ष २७ का विपिन गुरुङ,सोही स्थान निवासी बर्ष ३२ का रामेश्वर धिताल,स्याङ्जा जिल्ला वालिङ नगरपालिका–८ घरभई हाल पोखरा बस्ने बर्ष २९ का युवराज गुरुङ र बर्ष २७ का बिष्णु गुरुङ र पोखरा सराङकोट बस्ने बर्ष २९ का सिदार्थ डंगोल घाइते भएका छन् ।
घट्नामा संलग्न तनहुँको व्यास नगरपालिका–१३ बेलवास बस्ने बर्ष २७ का दिनेश रामदासलाई प्रहरीले नियन्त्रण लिएको छ । घट्नामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । उहाँका अनुसार घट्ना कार्तिक २ गते राती ६ बजेको समयमा भएको थियो ।