किसान किन मन्त्री बनेनन्?

  • ख-
  • ख+

पवन पौडेल
यसपालीको मन्त्रिपरिषद पुनगर्ठन दशैं अघि हुने वा पछि निश्चित थिएन । केहीले दशैं अगाडि नै र अरु केहीले पछि पुनगर्ठन हुने आंकलन गरिरहेका थिए । तर बुधबार साँझ राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनगर्ठनको पत्र सार्वजनिक भएसँगै मन्त्रिमण्डल पुनगर्ठन भएको सबैले थाहा पाए ।

जिल्लामा मन्त्रिपरिषदको पुनगर्ठनमा यसपाली तनहुँले ठाउँ पाउला कि नपाउला भन्ने उत्सुकता थियो । तर सूची सार्वजनिक भएसँगै यसपाली पनि त्यो उत्सुकता निराशामै परिणत भयो ।


किसानको मन्त्री चर्चा
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित कृष्णकुमार श्रेष्ठले दोश्रो प्रयासमा चुनाव जितेका थिए । नेपाली कांग्रेसको दोश्रो वरियताका नेता रामचन्द्र पौडेललाई पराजित गरेर विजयी भएका श्रेष्ठको युनिक सेलिङ प्वाइन्ट ‘युएसपी’ पनि त्यही जीत बनेको थियो । र, यसैलाई मूल्यांकन गरेर नेकपाले आफूलाई कुनै न कुनै रुपमा मन्त्रिपरिषदमा ठाउँ दिनेछ भन्ने आशा श्रेष्ठमा थियो ।

उहाँ(प्रम)ंले तनहुँलाई न्याय गर्छु भन्नुभएकाले आशा छ,’ श्रेष्ठनिकट एक सांसदले भनेकी थिइन् । तर प्रधानमन्त्रीकै शब्दमा श्रेष्ठका लागि यसपाली पनि न्याय भने भएन ।

प्रमसँगको सोझो सम्पर्क
हरेक पटक मन्त्रिपरिषदको पुनगर्ठनको चर्चा चल्नासाथ श्रेष्ठको मन्त्रीको विषय चर्चामै आउँछ । र, त्यसमा उनको ‘युएसपी’ले नै सघाउने गरेको थियो । पार्टीको प्रभाव जिल्लामा विस्तार गर्नका लागि मन्त्री पदको अपेक्षा किसानको थियो ।

यस अघि वामदेव गौतमनिकट मानिने श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्रीसँग सोझो सम्बन्ध कायम गरेका थिए ।
नयाँ शक्ति दल फुटाउने काममा उनको संलग्नता त्यसैको परिणाम थियो । त्यसपछि श्रेष्ठको मन्त्री चर्चामा झनै बल पुगेको थियो ।

मन्त्रिपरिषदको पुनगर्ठनपछि श्रेष्ठले राखेको फेसबुक स्ट्याटस


प्रमले भनेका थिए,‘तनहुँलाई न्याय गर्छु’
ओलीले श्रेष्ठनिकटसँग तनहुँलाई न्याय गर्छु भनेर भनेको चर्चा पनि नेकपावृत्तमा थियो । त्यसले पनि यसपाली उनले कुनै जिम्मेवारी पाउँछन् कि भन्ने थियो । ‘हामीसँगको कुराकानीमा उहाँ(प्रम)ंले तनहुँलाई न्याय गर्छु भन्नुभएकाले आशा छ,’ श्रेष्ठनिकट एक सांसदले भनेकी थिइन् । तर प्रधानमन्त्रीकै शब्दमा श्रेष्ठका लागि यसपाली पनि न्याय भने भएन ।

उसो भए किन बनेनन् त मन्त्री ?
आफ्नो ‘युएसपी’, प्रधानमन्त्रीको विश्वास जित्नु अनि नेकपावृत्तमा पछिल्लो समय बनाएको पहुँच आदिका बाबजुद किसान मन्त्री बन्न नसक्नुमा प्रधानमन्त्रीसामुको दबाबलाई प्रमुख कारण मान्छन्, नेकपालाई नजिकबाट नियालेका एक पत्रकार ।

‘प्रचण्डसँगको सत्ता साझेदारी र हाई प्रोफाईल नेतालाई चित्त बुझाउनुपर्ने बाध्यता प्रममा थियो,’ उनी भन्छन्,‘यस्तोमा आफूनिकट लो प्रोफाईल नेतालाई प्रमोट गर्न प्रधानमन्त्रीलाई गाह्रो थियो ।’


प्रधानमन्त्रीले तीन मात्र नयाँ मन्त्री थपेकाले पनि श्रेष्ठका लागि यसपाली अवसर बन्न सकेन । तर के उनका लागि सम्भावना सकिएको हो त ? ‘उहाँका लागि त्यो सम्भावना नेकपा सरकार रहँदासम्म रहन्छ,’ उनीनिकट नेतृले भनिन्,‘चुनावअघि हुने ठूलोस्तरको पुनगर्ठनमा पनि उहाँ मन्त्री बन्ने सम्भावना जीवितै छ । नेताहरुले सायद त्यसैगरी आस्वस्त पारेका हुन पनि सक्छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी