रोटरीयनद्वारा आईसोलेसनलाई सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास २ दमौलीस्थित कृषि विकास बैंकको भवनमा सञ्चालित आईसोलेसनमा रोटरीयनहरुले सहयोग गरेका छन् ।


रोटरी क्लब अफ दमौल्ीका अध्यक्ष एवं निष्ठा भण्डारी फार्मेसीका सञ्चालक दामोदर भण्डारी, रोटरी क्लब अफ दमौलीका सचिव सागर पौडेल र रोट¥याक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउतले संक्रमितहरुका लागि पानी, मास्क र सेनिटाइजर सहयोग गरेका हुन् ।


१० दिन यता आफैं पनि संक्रमित भएका भण्डारी र अरुका लागि सामान्य रुघाखोकीमा हेलचक्रयाईं नगरी संक्रमण फैलान नदिन होम आइसोलेसनमा बसेका पौडेल र राउतले सहयोग गरेको जानकारी दिए ।


समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि सानो सहयोग पनि महत्वपूर्ण भएको र यसले सामाजिक उत्तरदायित्व महसुस गर्ने भण्डारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्