
दमौलीः मौसम पूर्वानुमान विभागले सेती नदीमा आज जलस्तर बढ्ने र भोली खतराको स्तरभन्दा माथि आउनसक्ने भएकाले सजग रहन आसपासका नागरिकलाई आग्रह गरेको छ ।
एक बुलेटिन जारी गर्दै विभागले शनिबारसम्म सजग रहन आसपासका नागरिकलाई सचेत गराएको हो ।
मादी नदीमा भने त्यस्तो चेतावनी जारी गरिएको छैन ।
श्याम्घास्थित वर्षा मापन केन्द्रमा बिहान ७ बजे ७.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । विभागले मादीमा चेतावनी जारी नगरे पनि सेती र आसपासका नागरिकलाई सचेत रहन भनेको छ
मस्र्याङदीमा पनि अधिक वर्षा
मस्र्याङदी नदीमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो १२ घण्टामा ६१ मिलिमिटर नदीको सतह रेकर्ड गरिएको छ ।
यो खतराको स्तरसम्म नपुगे पनि निरन्तर वर्षा भैरहेमा खतराको बिन्दुसम्म पुग्न सक्ने भएकाले मस्र्यांगदी आसपासमा समेत सचेतता अपनाउनुपर्ने देखिएको छ ।