बन्दीपुर: तनहुँको सुन्दर पर्यटकीय नगरी बन्दीपुरले पर्यटक बढाउन पर्यटनकेन्द्रीत कार्यक्रम भिजिट बन्दीपुर २०२५ घोषणा गरेको छ ।
ग्रामीण पर्यटनका माध्यमबाट चिनिएको भए पनि कोभिडपछि विदेशी पर्यटकको संख्या आसातित बढ्न नसकेकाले आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम घोषणा गरिएको हो ।
यसका लागि बन्दीपुर गाउँपालिकाले पर्यटन दिवसको अवसर पारेर भिजिट बन्दीपुर योजनासहितका कार्यक्रम घोषणा गरेको हो ।
वर्षैभर चल्ने कार्यक्रमअन्र्तगत वर्षैभर बन्दीपुर घुम्न निम्तो, विविध प्रबद्र्धनात्मक कार्यक्रमका अतिरिक्त व्यवसायीहरुले पर्यटकलाई छुटसमेत दिने गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
भक्तपुरे नेवारी शैलीमा निर्मित बन्दीपुरमा सवारी आवतजावत रोकिए पछि पर्यटकको आकर्षण बढेको हो ।
सुन्दर हिमश्रृंखला देख्न सकिने गाउँले सहरमा पिकनिक, प्राचीन ऐतिहासिक धरोहर तथा केबलकार, प्याराग्लाइडिङ आदि आकर्षण छन् ।
पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी भएमा पर्यटकको संख्या बढ्ने बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष एवं व्यवसायी बैस गुरुङले विश्वास व्यक्त गरे ।