नेपाल जेसिजको क्षेत्र ख सम्मेलन दमौलीमा हुने, जेसिआइ व्यास नगरको प्रस्ताव नेपाल जेसिजद्वारा अनुमोदन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल जेसिजको क्षेत्र ख सम्मेलन दमौलीमा हुने भएको छ । चितवनको गीतानगरमा सम्पन्न क्षेत्र ख सम्मेलनमा भएको प्रतिष्पर्धाका क्रममा जेसिआइ व्यास नगरले गरेको प्रस्ताव मतदानमार्फत पारित भएको हो ।


अब व्यास भूमि दमौलीमा तीन महिना पछि हुने सम्मेलनका लागि केही समयभित्रै आधिकारिक मिति तय गरिनेछ ।

सौराहा सौराहा लेडी जेसिज र जेसिआइ व्यास नगरको प्रस्तावमा मतदान हुँदा ३१ मत व्यास नगरले पाएको थियो भने सौराहा लेडी जेसिजले ९ मत पाएको थियो ।

व्यासभूमि दमौलीलाई देशैभर चिनाउनका लागि सम्मेलनले मद्दत गर्ने संस्थाका अध्यक्ष नवीन पुरीले बताए । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले सम्मेलनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


संस्थाका पूर्व अध्यक्ष सुरेश पुरीले सम्मेलन दमौलीमा आयोजना गर्न पाउनु व्यास नगर दमौली तथा समग्र जिल्लावासीकै लागि गौरवको कुरा भएको टिप्पणी गरे ।

सम्मेलनमा देशका विभिन्न भागका करिब पाँच सय युवा दमौलीमा आउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी