मन्त्रिपरिषद पुनगर्ठनः अर्थमन्त्रीमा पौडेलसहित ३ नयाँ मन्त्री थपिए

  • ख-
  • ख+

काठमाडौंः मन्त्रिपरिषद पुनगर्ठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । १२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहरी विकास मन्त्रालयको जिम्मेवारी काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सिराहाका लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

यस्तै एक मन्त्रीको जिम्मेवारी समेत हेरफेर भएको छ । महिला बालबालिका मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरिएको हो । गुरुङलाई सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी